अपराध

एक वर्षदेखि फरारको सूचीमा रहेका राई पक्राउ

लागूऔषध आरोपमा एक वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ परेका छ्न । अदालतले दोषी ठहर गरे पनि भाग्दै आएका कटारी नगरपालिका ४ सिम्ले बस्ने ४० वर्षीय अर्जुन राई पक्राउ परेका हुन् ।  

इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले सोमबार मध्यान्ह राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीमाथि लागूऔषधसम्न्धी कसुरमा जिल्ला अदालतले १ वर्ष कैद र १० हजार रुपैँया जरिबानाको फैसला सुनाएको थियो ।  

पक्राउ राईलाई सदरमुकाम गाईघाट ल्याएर सोमबारै फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालत पठाइएको प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए ।  

 

प्रकाशित: ७ पुस २०८२ १९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App