अपराध

ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले एक युवतीसहित चार जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका-९ बोक्से रातमाटे खण्ड सडकबाट राति ११ः४० बजे बा ११ च १४११ नं को कारमा सवार चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका २ का ३२ वर्षीय आसिम जोशी, सूर्यविनायक नगरपालिका ९ का २१ वर्षीय बरविन खत्री छन् । त्यस्तै गोरखाको गोरखा नगरपालिमा ७ का २५ वर्षीय सविन गान्धधारी मगर र सुनसरीको बराहक्षेत्र नगरपालिका ११ की २१ वर्षीया यलिया बलम्पाकी मगर छन् ।

जिल्ला प्रहरी कार्यालयको रात्रिकालीन गस्ती टोलीले सुरक्षा जाँचका क्रममा प्रतिबन्धित लागू पदार्थ फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले बताए । उनीहरुको साथबाट प्रहरीले ६.७३ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ ।

हिरासतमा राखिएका चारै जनालाई मंगलबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान कार्य अघि बढाइएको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताएका छन् ।

प्रकाशित: २६ चैत्र २०८१ १९:०४ मंगलबार

#ब्राउन सुगर