भिडियो

गच्छदारसहित १७५ विरुद्ध आरोपत्र दायर

काठमाडौं- सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारससिहत तत्कालिन भूमि सुधारमन्त्री डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र अन्तरिम मन्त्रिपरिषद्मा भुमिसुधारमन्त्री बनेका पूर्व सचिव छविरावज पन्तसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको बताएको छ। अख्तियारका अनुसार पूर्व अख्तियार प्रमुख दीप बस्न्यात, पूर्वसचिव दिनेशहरि भण्डारी र उनकी पत्नी भुवनकुमारी चापागाईंविरुद्ध मुद्धा दायर भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको छानबीन समितिले समेत  सरकारलाई छानबिन प्रतिवेदन बुझाई सकेको छ। अख्तियारले मुद्दा दायर भएका ६५ जनाबाट जग्गा जफत गर्ने र बाँकीलाई बीगोसहित सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो। आयोगले विजयकुमार गच्छदारसँग ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ, डम्बर श्रेष्ठसँग ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ, चन्द्रदेव जोशीसँग ७ करोड ८ लाख ४८ हजार रुपैयाँ बिगो दाबी गरेको छ।

त्यस्तै पूर्व सचिवहरु दीप बस्न्यातसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ, दिनेशहरि अधिकारीसँग ७ करोड ८ लाख ४८ हजार रुपैयाँ र छविराज पन्तसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरेको छ।

त्यस्तै भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग ११ करोड २० लाख रुपैयाँ र शोभाकान्त ढकालसँग ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो दाबी गरेको छ।

अख्तियारले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माधव कुमार नेपाल र पूर्व मुख्यसचिव लीलामणि पौडेलविरुद्ध भने मुद्दा नचलाउने निर्णय गरेको छ।

यो पनि पढ्नुहोस्:

 
ठूलाबडाकै संलग्नता

सरकारी सम्पत्ति ललितानिवास हडप्नेविरुद्ध छानबिन

‘बालुवाटार जग्गाको गम्भीरतापूर्वक छानविन होस्, दोषी ठहरिए दण्ड भोग्न तयार छु’

जग्गा हिनामिनामा मेरो संलग्नता छैन, कानूनबमोजिम खरिद गरेको हुँः महासचिव पौडेल

विष्णु पौडेलको संलग्नता ढाकछोप गर्ने सरकारको प्रयास: महासचिव पौडेल ठगिनु भयो (भिडियो)​

'ललिता निवासमा मुछिएका श्रेष्ठको मृत्यु शंकास्पद'​

जग्गा हडपे, कसुर अस्वीकार

छानबिनमा मन्त्रालयकै असहयोग

ललिता निवासको जमिनमा दोषी ठहरिए कारवाही भोग्छु : विष्णु पौडेल

ललिता निवासको जग्गा धितोमा सवा दुई अर्ब कर्जा

बयानका लागि को कोलाई बोलायो अख्तियारले ? (नामसहित)

सीआईबीले बुझायो गृहलाई प्रतिवेदन

 

प्रकाशित: २२ माघ २०७६ १३:२३ बुधबार

ललिता_निवास आरोपत्र जग्गा_हिनामिना विजयकुमार_गच्छदार अख्तियार_दुरुपयोग_अनुसन्धान जग्गा_अनियमितता छानबिन