भिडियो

आइएलओको शत वार्षिकीमा प्रधानमन्त्रीले 'समृद्ध नेपाल सुखी नेपाली'को नारा घन्काएपछि...

काठमाडौं– आफु सहभागी हुने नेपालमा आयोजित प्राय सबै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा नछुटाउने नारा हो- सम्वृद्ध नेपाल सुखी नेपाली। तर प्रधानमन्त्री ओलीले त्यो नारा अन्तर्राष्ट्रिय समुदायलाई नेपाली भाषामै पनि सुनाउन भ्याए। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी समारोहलाई जेनेभामा सम्बोधन गर्दै प्रधनमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार 'सक्षम श्रमिक,सम्वृद्ध नेपाल सुखी नेपाली'को नारा साकार पार्न क्रियाशील रहेको बताए। सम्वृद्धिका लागि दक्ष कामदार आवस्यक रहेको बताउँदै ओलीले नागरिकका मौलिक अधिकार कार्यान्वयनका लागि थुप्रै कानुन निर्माण गरेको ओलीले जनाए।    

आफ्नो जीवनको पाँच दशकबढी समय समानता र सामाजिक न्यायकालागि लडेको बताउँदै उनले  श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन गत नोभेम्बरमा महत्वाकांक्षी र बृहत् सामाजिक सुरक्षा योजना सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समुदायलाई जानकरी गराएका थिए।

प्रधानमन्त्रीले शतवार्षिकी समारोहलाई गरेको सम्बोधन भिडियोमा हेर्न सक्नुहुन्छ।

प्रकाशित: २८ जेष्ठ २०७६ ०९:५० मंगलबार

केपी_शर्मा_ओली आइएलओ सम्वृद्ध_नेपाल_सुखी_नेपाली श्रमिक