भिडियो

पाँच वर्षमा राष्ट्रिय उत्पादन ५० प्रतिशतले बृद्धि हुनुपर्छ : प्रम ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षमा राष्ट्रिय उत्पादन कम्तिमा पचास प्रतिशतले बृद्धि भएको हुनुपर्ने बताएका छन्। 'जसले हामीलाई आर्थिक उन्नतिको क्षेत्रमा थप अगाडी बढ्न गति दिन सक्छ', उनले भने। 

विहीबार राजधानीमा राष्ट्रिय विकास परिषद् बैठकको समापन गर्दै ओलीले रुग्ढ उद्योगलाई पुनर्स्थापना गरिने तर चल्न नसक्ने अवस्थाका उद्योगलाई बन्द गरिने भन्दै उनले सरकारले मुलुकको हितका लागि निर्णय गर्ने स्पष्ट पारे। ‘प्रधानामन्त्रीले पावर केन्द्रित गर्यो भन्छन् कतिपयले। यस प्रणालीमा प्रधानमन्त्री अलि अलि पावरफुल नै हुन्छन्, तर प्रधानमन्त्रीलाई पावरको कुनै शाेख छैन। अहिलेको प्रधानमन्त्रीसंग हंगर अफ चेन्ज र हंगर फर डेभलपमेन्ट छ’, उनले भने।

पेट्रोलियम पदार्थ उत्खनन् गर्ने कार्यमा सरकार लाग्ने पनि उनले बताए। गरिबी हटाउने हतार सरकारलाई भएको प्रधानमन्त्रीको भनाइ छ।

प्रकाशित: २१ चैत्र २०७५ १४:५० बिहीबार

पाँच_वर्ष उत्पादन पचास_प्रतिशत