भिडियो

नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता (भिडियो रिपोर्ट)

काठमाडौं – नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थिति मंगलबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजस्व सचिव मसर्फ हुसैनले दुई मुलुकबीच दोहोरो कर उन्मुक्तिसम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन्। दुवै देशको मन्त्रीपरिषद बैठकले पारित गरेपछि दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर गरिएको हो। थप विवरण भिडियोमा हेर्नुहोस:

प्रकाशित: २१ फाल्गुन २०७५ १७:०० मंगलबार

दोहोरो_कर_उन्मुक्ति नेपाल_बंगलादेश सम्झौता