भिडियो

नेपाली महिलालाई ब्रिटिस सेनामा जान किन रोक लगाउन खोजिँदैछ ?

देवकी विष्ट
काठमाडौं– नेपाली महिलालाई ब्रिटिस सेनामा जान रोक लगाउने निर्णय संसदीय समितिले गरेको छ। संसद्को अन्तराष्ट्रिय सम्बन्ध समितिले गोर्खा भर्ती सम्वन्धि संन्धि पुनरावलोकन नभएको भन्दै महिलाई ब्रिटिस सेनामा जान रोक लगाएको हो।
अहिले सन् २०२० का लागि नेपाली महिलाहरू ब्रिटिस सेनामा भर्नाको अभ्यासमा छन्। समितिले ३ फागुनमा ’महिला भर्ती तुरुन्त रोक्नुपर्ने’ निर्देशन दिएको थियो। निर्णयमा भर्ना रोक्ने मात्र होइन भर्ना भएका महिलाहरूलाई पनि फिर्ता बोलाउने उल्लेख छ।
यो निर्णय सार्वजनिक भएपछि नेपाली पुरुषले ब्रिटिस आर्मीमा भर्ना हुन पाउने र महिलाले भर्ना हुन नपाउने भन्दै लैङ्गिक समानताका विषयहरूलाई लिएर पनि चर्चा भएको छ। नेपाली सेनाका पूर्व सहायकरथी प्रेम बस्न्यात नेपाली चेलीलाई ब्रिटिस सेनामा जान रोक्नुपर्ने कुनै कारण नभएको बताए।  
बेलायती अखबारहरुका अनुसार अहिलेसम्म ब्रिगेड अफ गोर्खाजमा तीन हजार गोर्खा सैनिक कार्यरत छन्। महिला भर्तीपछि यो संख्या तीन हजार आठ सय पुग्ने अनुमान छ। सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपाल, भारत र ब्रिटेनबीच एक सम्झौता भएको थियो। त्यसपछि ब्रिटेन र भारतमा गोर्खा भर्ती हुने गरेको छ। यो निर्णयमा सम्बन्धित निकायहरूसँग बसेर छलफल गर्नुपर्ने परराष्ट्रविद् डा. खड्ग केसी बताउँछन् । भन्छन, ‘मुलुकको स्वाधिनताको लागि सरकारले गरेको निर्णय स्वागत योग्य रहेको छ।’
दृष्य : देबु राजवंशी

 

प्रकाशित: ८ फाल्गुन २०७५ ०७:१४ बुधबार

ब्रिटिस_सेना महिला संसदीय_समिति बेलायत