भिडियो

पाँचौं नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९

 

भिडियो रिपोर्ट : बिश्वास खनाल

काठमाडौं –   मिडिया स्पेस सोलुसन्स र फ्युचर्स ट्रेड फेयर एन्ड इभेन्टको आयोजनामा पाँचौं नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ सुरु भएको छ। राजधानीको भृकुटीमण्डपमा दिउँसो १:३० बजे वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । 

तीन दिनसम्म हुने प्रदर्शनीमा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने आयोजकले जानकारी दिएकाे छ। 

नेपालमा उत्पादन भइरहेको मौलिक तथा सांस्कृतिक काष्ठकलाले प्रदर्शनीमा अवसरको साथै बजार पाउने छ भने हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुग्नेछ।प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकबाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरुको सहभागिता रहेकाे छ। यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन प्रदर्शनी चार वर्षदेखि कोसेढुंगा साबित हुँदै आएको आयोजकको भनाइ छ। 

प्रकाशित: ३ फाल्गुन २०७५ १३:०३ शुक्रबार

काष्ठ_अन्तर्राष्ट्रिय_प्रदर्शनी भृकुटीमण्डप शक्तिबहादुर_बस्नेत