खेल

प्रदेश १ ले बागमतीलाई दियाे ३०५ रनको लक्ष्य

 प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा प्रदेश-१ ले बागमती प्रदेशलाई जितका लागि ३ सय ५ रनको लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ४९ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ४ रन बनायो। प्रदेश १ का लागि ओपनिङ गरेका अंकितले १२२ बलमा ११ चौका र १ छक्काको सहयोगमा राष्ट्रिय एकदिवशीय करिअरको पहिलो शतक पूरा गरेका हुन्।

अंकित जारी प्रतियोगितामा शतक बनाउने दोस्रो खेलाडी हुन्। कप्तान सिद्दान्त लोहनीले ७२ रनको अर्धशतकीय इनिङ खेले। विवेक आनन्द मेहेताले ३० रन जोड्दा सोनु अन्सारीले १९ रन बनाए। सर्वन यादवले ११ रन जोड्दा निरज मुखिया १० रन आउट भए। फिर्दोश अन्सारी १० रनमा अविजित रहे।

बागमतीका रामनरेश गिरिले ५ विकेट लिए। नन्दन यादव, सुर्य तामाङ, प्रतिष जिसी र इशान पाण्डेले १ र १ विकेट लिए।

प्रकाशित: १५ कार्तिक २०७९ ०७:०५ मंगलबार

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट टियु क्रिकेट मैदान बागमती प्रदेश