खेल

१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन्।

उनले पोखरा रंगशालामा आइतबार बिहान १० हजार मिटर दुरी ३० मिनेट १०.३० सेकेन्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन्।  यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०.९९ सेकेन्डमा १० हजार दुरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए।  

प्रकाशित: ३० आश्विन २०७९ ०३:४५ आइतबार

नवौं राष्ट्रिय खेलकुद पुरुष १० हजार मिटर