खेल

नवौं राष्ट्रिय खेलकुदः व्यक्तिगत सेबर तर्फ बागमतीकी शिक्षालाई स्वर्ण

फेन्सिङको सेबर विधाका महिला विजेता खेलाडीहरु पदकसहित सामूहिक तस्बिरमा। तस्बिर :उमेश पुन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेकी छिन्। उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत हुन्।  

नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषाले तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए। प्रतियोगिता ईपी,फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्नेछन्। प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन्। नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ। आठौंमा गण्डकी प्रदेशले फोयल टिम इभेण्टमा महिला तथा पुरुषमा कास्य पदक जितेको थियो।  

ह्याण्डबल तथा फेन्सिङ प्रतियोगिताको अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए। उनले विश्वमा खेलकुद मात्रै स्वस्थ्य प्रतिस्पर्धा हुने जिकिर गरे। उनले प्रतियोगितामा सहभागित खेलाडीहरुलाई विजयीको शुभकामना समेत व्यक्त गरे।

प्रकाशित: २४ आश्विन २०७९ १३:५१ सोमबार

नवौं राष्ट्रिय खेलकुद