खेल

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेल्न राष्ट्रिय फुटबल टिमको घोषणा आज हुँदै

असोज ११ गते हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा आज हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा बिहीबार अपरान्ह हुने जनाएको छ।

नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले पत्रकार सम्मेलनबाट २३ सदस्सीय टोलीको घोषणा गर्ने छन्। पत्रकार सम्मेलन अपरान्ह ३ बजे हुनेछ।

बन्द प्रशिक्षणमा रहेकाे खेलाडी

गोलकिपर: किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की।

डिफेन्डर: अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल ।

मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, मनिष डाँगी, सुरज ज्यू ठकुरी, सुनील बल, आयुष घलान, सुजल श्रेष्ठ, आभास लामिछाने, सुदीप गुरुङ, सञ्जोग राई, अञ्जन विष्ट।

फरवार्ड: विमल घर्ती मगर, ऋतिक खड्का, अभिषेक रिजाल, भरत खवास, नवयुग श्रेष्ठ र आशिष चौधरी।

प्रकाशित: ६ आश्विन २०७९ ०७:२३ बिहीबार

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल नेपाली राष्ट्रिय फुटबल टिम