खेल

बेहुला बने फूटबलर किरण

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले आज (बुधबार) प्रेमिका कञ्चन निरौलासँग विवाह गर्दैछन्।

किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इन्गेजमेन्ट गरेका थिए। उनले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जिते लगत्तै  आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए।

प्रकाशित: १५ भाद्र २०७९ ०६:४४ बुधबार

नेपाली राष्ट्रिय फुटबल पूर्वकप्तान गोलकिपर किरण चेमजोङ