खेल

एपिएफको लगातार तेस्रो जित

काठमाडौं- साविक विजेता एपिएफले घरेलु भलिबलमा सर्वाधिक पुरस्कार राशीको ढोरपाटन ब्लु स्काई महिला डबल लिग भलिबलमा लगातार तोस्रो जित हासिल गर्दै शीर्ष स्थानमाथिको कव्जा कायम राखेको छ।
आइतबार नयाँ बस पार्कमा दोहोरो जित हात पारेको एपिएफ ९ अंक सहित शीर्ष स्थानमा छ। यसअघि लगातार तीन पटक ढोरपाटनको उपाधि जितेको एपिएफले आइतबार धादिङ कलाकार टिम र बुटवलको एभरेस्ट बोर्डिङ स्कुललाई हरायो।

धादिङलाई सोझो सेटमा २५–४, २५–५, २५–४ ले हराएको एपिएफले एभरेस्टमाथि पनि सोझो सेटमै २५–९, २५–११, २५–१५ को जित हासिल गर्योब। टोलीले प्रतियोगिताको पहिलो दिन शनिबार विन्ध्यवासिनी स्कुललाई २५–३, २५–८, २५–७ को सेटमा हराएको थियो।

प्रतियोगिताअन्तर्गत आइतबार भएका अन्य खेलमा एभरेस्टले बोर्डिङ स्कुलले काठमाडौंको एन्जल्स हार्ट स्कुललाई हराउन चार सेट कुर्नुपर्योर। सुरुको दुई सेट २५–९ र २६–२४ को अन्तरमा जिते पनि तेस्रो सेटमा एन्जल्स हार्टले २५–१५ को नतिजा निकाल्दै खेल चौथो सेटमा धकेलेको थियो। तर चौथो सेट २५–१६ ले पक्षमा पार्दै एभरेस्टले जित हासिल गर्योे।

पश्चिमाञ्चलले चण्डेश्वरी युवा क्लबलाई तीनै सेटमा निरिह पार्दै सहज जित दर्ता गरायो। राष्ट्रिय टोलीकी उप कप्तान मञ्जु गुरुङ र अरुणा शाही रहेको पश्चिमाञ्चलले चण्डेश्वरीलाई २५–२, २५–२, २५–६ को सहज नतिजामा हरायो।

महिला भलिबलमा नयाँ विभागीय टोलीको रुपमा यसै वर्षबाट खेल्न थालेको त्रिभुवन आर्मी क्लबले विन्धवासिनी स्कुललाई पनि निरिह पार्योि। आर्मीले खेल २५–७, २५–२, २५–७ ले खेल जितेको थियो।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिता पुस ४ सम्म चल्नेछ। १३ टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेताले २ लाख ६० हजार, उपविजेताले १ लाख ३० हजार र तेस्रो हुने टोलीले ७० हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै उत्कृष्ट खेलाडी, वर्ष खेलाडी, प्रतिभावान खेलाडी र वुमन अफ द सिरिजले एक/एक थान स्कुटर पुरस्कार पाउने आयोजकले जानकारी गराएको छ।

प्रकाशित: २० मंसिर २०७२ २२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App