खेल

डोजाङ प्रमुखको पुम्से हुने

काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरडोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता माघ २८ गते हुने भएको छ।

प्रतियोगितामा विभिन्न २ सय डोजाङका २ सय डोजाङ प्रमुखहरूको सहभागिता रहने आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन्।

दुई एकल स्पर्धा समावेश गरिएको छ। पुरुष/महिला १८ वर्षमाथि उमेरसमूहको खेल हुनेछ। पुरुष/महिला दुवैमा समान नगद पुरस्कार राखिएको छ। पहिलो हुनेले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजारका दरले नगद पुरस्कार पाउनेछन्। 

सहभागीले माघ २३ गतेसम्म आफ्नो नाम दर्ता गराइसक्नुपर्नेछ। माघ २३ देखि २६ गतेसम्म भिडियो पठाउने अवधि तोकिएको छ। भिडियो बढीमा १ मिनेट २० सेकेन्डको मात्र हुनुपर्ने आयोजकले जनाएको छ।

प्रकाशित: १९ माघ २०७८ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App