खेल

धरातल नबिर्सने प्रेरणा

र्‍यान्डी एनटेकाको मोबाइलमा घन्टी बजेसँगै उनी आफ्नो जीवनकै सबैभन्दा ठूलो उपलब्धिको संघारमा थिए।

‘आफ्नो धरातल नबिर्सनू,’ एनटेकालाई व्यावसायिक खेलजीवनको पहिलो खेलअघि उनका बुबाले भनेका थिए, ‘तिमीले यहाँसम्म आउन धेरै मेहनत गरेका छौ। यो तिम्रो मेहनतको प्रतिफल हो।’  एनटेका फुटबलर बन्ने सपना साकार पार्नकै लागि पेरिसबाट स्पेन पुगेका थिए।

उनले त्यसका लागि पाँचाैँ श्रेणीको क्बलबाट खेल्न सुरु गरे। एनटेकाका बुबा एन्गोलोका थिए भने आमा कंगोकी थिइन्। उनी धेरै पटक फुटबलर बन्ने सपना छोड्ने संघारमा पनि पुगे। तर अहिले उनी स्पेनिस ला लिगा क्लब रायो भालेकानोमा राडामेल फाल्काओका टोली सहयात्री छन्। भालेकानोले यस ला लिगामा बार्सिलोनालाई निराश पारिसकेको छ। 

‘मलाई अझै म यहाँ छु भन्ने विश्वास लागेको छैन,’ एनटेकाले भने, ‘म अहिले क्बलमा दैनिक प्रशिक्षणमा छु तर मलाई अझै म व्यावसायिक फुटबल खेलाडी हुँ भन्दा अनौठो लाग्छ।’

एनटेकाले फ्रान्सको पाँचाैँ श्रेणीको टोली लियानस मन्टेहरीमा खेल्दा फ्रेन्च फुटबल एजेन्टले सन् २०१९ मा मड्रिडमा व्यावसायिक फुटबल खेल्न प्रस्ताव गरेका थिए।

‘म मेरो सपनाको सामीप्यमा थिए जस्तो लाग्दैन,’ एनटेकाले भने, ‘इमानदारीका साथ भन्नुपर्दा मैेले फुटबलको बारेमा सोच्नै छोडिसकेको थिएँ, म फ्रान्समै अरू जागिर खोज्दै हिँड्न थालिसकेको थिएँ। मलाई स्पेनिस पनि आउँदैनथ्यो र मैले फ्रान्स बस्ने सोच बनाइसकेको थिएँ। तर मेरो बुबाले हार नमान्न सुझाउनुभयो।’ उहाँले मलाई एन्टोनी ग्रिजम्यान, कान्टे र पोग्बाको संघर्षको कथा सुनाउनुभयो। उनीहरूले पनि फ्रान्सबाहिर नै क्लब भविष्य बनाउँदै राष्ट्रिय टोलीमा स्थान पक्का गरेका थिए। मलाई थाहा थियो, मेरो सम्भावना न्यून छ र मैले धेरै मेहनत गर्नुपर्छ भनेर।’ एनटेका स्पेनमा आवतरण त गरे तर उनले आफ्ना एजेन्टलाई भेट्न सकेनन्।

‘मेरो एजेन्ट सम्पर्कमै आएनन्,’ उनले भने, ‘एक दिन एजेन्ट भेटे तर उनले आफूले अरू राम्रो खेलाडी भेटिसकेको बताए।’

उनले स्पेनको पाँचाैँ श्रेणीको टोली बेटिस सन इसिड्रोबाट खेल्ने अवसर पाए। उनको खेलबाट प्रभावित रायो भालेकानोले एनटेकालाई सम्झौताको प्रस्ताव राख्यो। ‘मैले विदेशमा थिएँ र स्थानीय क्लबबाट खेलिरेको थिएँ,’ उनले भने, ‘फ्रान्समा पनि म स्थानीय क्लबबाटै खेल्थें। क्लबले खेलेको पैसा दिँदैनथ्यो। म निकै समस्यामा परें। म सधैँ परिवारसँग फोनमा घण्टाैँ रुन्थे। तर केही महिनापछि क्लबले मासिक ३ सय युरो दिन थाल्यो। मैले थप कमाइका लागि क्लबकै ड्रेसिङ रुम सफा गर्न थालें।’

सिजनको अन्तिममा भालेकानोले एनटेकालाई अनुबन्धित गर्ने प्रस्ताव गरेको थियो। तर प्रक्रिया नमिलेपछि उनी ला लिगाको ‘बी’ डिभिजन क्लब फ्युनलाब्राडामा अनुबन्धित भए। जहाँ उनले चार सिजन बिताए। यस सिजनका लागि उनी भालेकानोमा आएका थिए।

‘मलाई फेरि एक पटक भालेकानोले खेल्न प्रस्ताव गर्‍यो,’ एनटेकाले भने, ‘मैले यस पटक अवसर गुमाउन चाहिनँ र सहजै स्वीकार गरें। बल्ल मेरो सपना पूरा भयो।’ एनटेकाले सेभियाविरुद्धको खेलबाट युरोपको शीर्ष लिगमा डेब्यु गरे। त्यसको दुई सातापछि भालेकानोले ग्रानाडालाई ४–० ले हरायो, जहाँ एनटेकाले गोल खाता खोलेका थिए। जुन खेल हेर्न उनका बुबा रंगशालामा उपस्थित थिए। 

‘म रायो भालेकानो आएपछि मेरो बुबाआमा पहिलो पटक मैदान आउनुभएको थियो। सो खेलमा मैले गोल गरें,’ उनले भने, ‘म अहिले पनि त्यो गोलको भिडियो हेर्छु। मेरो सपना साकार हुँदाको साक्षी मेरो आमाबुबा बन्नुभयो।’

प्रकाशित: १४ माघ २०७८ ०२:४३ शुक्रबार

यान्डी एनटेका एनटेकाले फ्रान्सको पाँचाैँ श्रेणी