खेल

काठमाडौंलाई ओसिलो मैदानको लाभ

एभरेस्ट प्रिमियर लिग (इपिएल) प्लेअफमा प्रवेश गर्ने तीन टोलीको टुङ्गो लागिसकेको थियो। प्लेअफमा प्रवेश गर्ने अन्तिम टोलीका लागि काठमाडौं किङ्स इलेभनर ललितपुर प्याट्रियट्स टिकटको पर्खाइमा थिए।

आइतबार ललितपुरमाथि जितका साथ चितवनले शीर्ष दुईमा बस्दै पहिलो क्वालिफायर खेल्ने पक्का गरेको थियो। पोखराराइनोजर भैरहवा ग्ल्याडियटर्स पनि प्लेअफ प्रवेश गरिसकेका थिए। ५ खेलमा १ जित १ बराबरीर २ हारको नतिजापछि ललितपुर ३ अंकका साथ चौथो स्थानमा बसेको थियो। यता मात्र ३ खेल खेलेको काठमाडौं १ जितर २ हारपछि २ अंकका साथ पाँचौं स्थानमा थियो।

ललितपुरले प्लेअफमा स्थान बनाउन काठमाडौंले बाँकीरहेका दुवै खेल हारेको कामना गर्नुपर्ने थियो। चौथो खेलमा काठमाडौं डिएलएसमा पोखरासँग १४रनले पराजित भएपछि ललितपुरको प्लेअफ प्रवेशको गणितीय सम्भावना ब्युँतेको थियो।

समूहचरणको अन्तिम खेल भैरहवार काठमाडौंबीच हुँदै थियो। ललितपुरको कामना थियो काठमाडौं भैरहवासँग निराश होस्। तर ओसिलो मैदानका कारण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौंर भैरहवाबीचको खेल सुरु नै हुन सकेन। अन्ततः दुवै टोली समान एक अंक बाँड्न सहमत भए।

समूहचरणको समाप्तिमा चितवन ८ अंकका साथ शीर्ष स्थानमारहँदा पोखरा ७ अंकका साथ दोस्रो स्थानमारह्यो। भैरहवा समान ७ अंकका साथ तेस्रो स्थानमारहँदा काठमाडौं ३ अंकका साथ चौथो स्थानमा बस्यो। पाँचांै स्थानको ललितपुरको पनि समान ३ अंक भए पनि काठमाडौंरनरेटमा भाग्यमानी बन्दै चौथो टोलीको रूपमा प्लेअफ प्रवेश गर्‍यो।

काठमाडौंकोरनरेट ०.३३७रह्यो भने ललितपुरको ०.६०१रह्यो। ५ खेलमा २ अंक जोडेको विराटनगर भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। पहिलो क्वालिफायर शीर्ष स्थानको चितवनर दोस्रो स्थानको पोखराबीच हुनेछ भने दोस्रो क्वाफिलफायर तेस्रो स्थानको भैरहवार चौथो स्थानको काठमाडौंबीच हुनेछ।

चितवनर पोखराबीचको विजेता टोली स्वतःफाइनल प्रवेश गर्नेछ। पराजित टोलीले भने फाइनल प्रवेशका लागि भैरहवार काठमाडौंबीच दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।  क्वालिफायरका खेलहरू बुधबारबाट हुनेछन्। फाइनल खेल शनिबार हुनेछ।  

प्रकाशित: २० आश्विन २०७८ ०१:३६ बुधबार

एभरेस्ट प्रिमियर लिग समूहचरणको अन्तिम खेल