खेल

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ। ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि उपाधि जितेको हो। रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै उपाधि हात पारेको हो।

अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए। सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक बनेको हो। रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए।

सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो। यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो।

प्रकाशित: २७ असार २०७८ ०२:३४ आइतबार

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि