खेल

भर्चुअल चित्रकला प्रतियोगिता: अदितीले जितिन प्रथम स्थान

भिएस निकेतन, मिनभवन स्कुलकी कक्षा ८ मा अध्ययनरत अदिती केसीले ओलम्पिक डे २०२१ को अवसरमा आयोजित भर्चुअल चित्रकला प्रतियोगितामा पहिलो स्थान हात पार्न सफल भएकी छिन्।

ओलम्पिक डेको अवसरमा भिएस निकेतनले आफ्ना विद्यार्थीहरुका विच नेचर, ग्लोबल वार्मिङ्ग र फ्युचर बिषयमा भर्चुअल चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो। जसमा २ सय ५० बिद्यार्थीहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा बर्षदा धिताल दोश्रो र आर्य प्रधान तेश्रो स्थानमा रहे।

क्विज कन्टेष्ट : संस्कार पाठशाला दाङ्ग, तुलसीपुरले ओलम्पिक डेको अवसरमा क्विज कन्टेष्टको आयोजना गरेको थियो। ८ बिद्यार्थी विच भएको प्रतियोगितामा न्यूसन खनाल प्रथम, बिमल ओली दोश्रो र स्वर्णिम पोखरेलले तेश्रो स्थान प्राप्त गरेको थियो।

ओलम्पिक डेकै अवसरमा सुदूरपश्चिम प्रदेशमा रहेका ओलम्पियन, खेलाडी, खेल प्रशिक्षक र खेलकुदकर्मीहरुले ओलम्पिकलाई बाताबरण संग जोड्दै बृक्षारोपणको आयोजना गरे ।

बकृत्वकला प्रतियोगिता : कर्णाली प्रदेश खेलकुद विकास परिषदले ओलम्पिक डे का अवसरमा स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, कर्णालीको ओलम्पिक लक्ष पूर्वतयारीले जितिन्छ अवश्यु भन्ने बिषयमा प्रदेशस्तरिय बकृत्वकला प्रतियोगिताको आयोजना गरेको छ।

३ दिन सम्म संचालन हुने प्रतियोगिता कक्षा ८ देखि १२ कक्षा सम्मका ५४ विद्यार्थीहरुको सहभागिता रहेको छ। प्रतियोगिताको समापन ओलम्पिक डेको अवसरमा पुरस्कार वितरण सहित गरिने छ । कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव बिश्वामित्र सञ्जेलले कार्यक्रमको उद्घाट गरेका थिए। 

यस्तै सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह, बागमती खेलकुद परिषद्का सदस्य सचिव सूर्य भण्डारी, ओलम्पिन डम्बरदत्त भट्ट, हरि रोक्का, ओलम्पिक डेका संयोजक स्पोर्टस् फर अलका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा विजयी पहिलो, दोश्रो र तेश्रोले नगद १०, ८ र ५ हजार प्राप्त गर्नेछन् भने सान्त्वना प्राप्त गर्ने प्रतियोगिले नगद ३ हजार प्राप्त गर्नेछन् । पुरस्कार रकम कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रायोजन गरेको थियो। 

प्रकाशित: ७ असार २०७८ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App