खेल

बक्सिङ प्रतियोगिता: भूपेन्द्र र सनिल पहिलो

पोखराका पवन गुरुङविरुद्ध मुक्का प्रहार गर्दै भूपेन्द्र थापामगर (रातो)। तस्बिर: नागरिक

नेपाल पुलिस क्लबका भूपेन्द्र थापामगर र ललितपुरका सनिल साही एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा मंगलबार पहिलो भएका छन्।

दुवै नेपालमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन्। पुरुष ६४ केजी भूपेन्द्रले भूपू बक्सिङ पोखराका पवन गुरुङ तथा ६९ केजीमा सनिल त्रिभुवन आर्मी क्लबका रवि सुनारलाई फाइनलमा हराउँदै पहिलो भएका हुन्। तीनदिने प्रतियोगितामा ३४ पुरुष र १६ महिला खेलाडीले समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ सम्म हुने च्याम्पियनसिपका लागि प्रदर्शन र उत्कृष्टताका आधारमा खेलाडी छनोट गरिने बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न प्रतियोगिताको पुरुष ४९ केजीमा आर्मीका सुशील थापामगरले सुर्खेतका मोहन गुरुङ र आर्मीका प्रेम चौधरीले नेपाल प्रहरी क्लबका चन्द्रबहादुर थापा हराउँदै सफलता पाए।  

त्यस्तै पुरुष ५६ केजीमा एपिएफ क्लबका पुरन राईले आर्मीका पुरन सुनुवार, ६० केजीमा बक्समान्डुका गणेश थापाले आर्मीका विमल रोक्कामगर तथा ९१ केजीमाथि आर्मीका आशिष दुवाडीले आर्मीकै प्रवीण चौधरीलाई फाइनलमा हराउँदै पहिलो स्थान हात पारे। नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ ४६–४८ केजीमा आर्मीकी ललिता महर्जन, ४८–५१ केजीमा एपिएफकी माला राई, ५१–५४ केजीमा १३औं सागकी स्वर्ण विजेता आर्मीकी मिनु गुरुङ, ५४–५७ केजीमा आर्मीकी चन्द्रकला थापा, ५७–६० केजीमा एपिएफकी संगीता सुनार, ६०–६४ केजीमा आर्मीकी पुनम रावल र ६९ केजीमा एपिएफकी सरस्वती रानामगरले शीर्ष स्थान हात पारे। 

प्रकाशित: १ वैशाख २०७८ ०६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App