खेल

सुपर जनरल टी–२० लिग, चितवन सेमिफाईनलमा

टी–२० क्रिकेटमा पहिलो ओभर नै मेडन  खेलेपछि चुनौतिपूर्ण लक्ष्य पछ्याएको पोखरा चितवन क्रिकेट संघसँग १८ रनले पराजित हुदैं सेमिफाईनल यात्रा अर्को खेलको प्रतिक्षा गर्नुपरेको छ ।  

१५० रनको लक्ष्य पछ्याएको सुपर जनरल पोखरा–११ ले अन्तिम ओभरसम्म खेल्दै १३१ रनमा समेटिएपछि सुपर जनरल अन्तरक्लबस्तरीय टी–२० क्रिकेटको सेमिफाईनल प्रवेश गर्न अब बालुवाटारलाई जित्नै पर्ने दबावमा परेको छ । ६ ओभरमा केवल २३ रन जोडेर कमजोर शुरुवात गरेको पोखरा–११ ले पहिलो ओभर नै मेडन खेल्यो । गौतम केसीको बललाई ओपनर गोविन्द प्रधानले पुरै डट खेले मेडन हुन पुग्यो ।  

१०/१ को स्थितिबाट अघि बढेको पोखरा–११ ले दोस्रो विकेट भने ३४ रनमा गुमाएको थियो । पहिलो विकेटको रुपमा रिजन प्रजुलाई केवल २ रनमै गुमाएको पोखरा–११ ले दोस्रो विकेट भने सुवास भण्डारीलाई गुमायो । भण्डारी केवल १० रन मात्रै जोडे । चौथो विकेटको लागि मुस्कान थापा र गोविन्द प्रधानको जोडीले ३२ रनको साझेदारी निभाएपछि रन केही उकासिएको थियो ।  

ओपरन प्रधानले २८ बलमा २४ रन हिर्काउने क्रममा ४ चौका प्रहार गरे । मुस्कान थापाले पनि इनिङ उकास्ने क्रममा ३० बल खेल्दै ३६ रन बनाए ।  उनले ४ चौका र १ छक्का प्रहार गरे । विधान श्रेष्ठले पनि १२ बलमा २२ रन बनाउँदै योगफल उकासेका थिए । उनले १ चौका र २ छक्का प्रहार गरे ।  

चितवनका गौतम केसीले ओपनिङ बलिङ गर्दै मेडन ओभर लिदैं शुरु गरे । केसीले ४ ओभरमा एक मेडन राख्दै १२ रन खर्चिएर ३ विकेट लिए । उनीसँगै क्रिजन गुरुङले २२ रन दिएर ३ विकेट लिएपछि पोखरा–११ धरासायी बन्न पुगेको थियो ।  

के.ए स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजनमा पोखरा रंगशालामा सञ्चालि टी–२० क्रिकेट अन्तर्गत बुधबार टस जितेर व्याटिङ गरेको चितवनले २० ओभर पुरै खेल्दै १४९ रन बनाएको थियो । प्रविन ढकालको बलमा राजेश ढकाल रन आउट हुदैं पभेलियन फर्किदा चितवनको स्कोर बोर्डमा रन चढ्नै पाएको थियो । तर अर्का ओपनर समीर ढकालले ३१ ब्लमा ३२ रन बनाउँदै गतिलो शुरुवात गरे ।  

दोस्रो विकेटको लागि समीर ढकाल र राम कार्कीको जोडीले ५४ रनको साझेदारी निभाए । कार्कीले पनि २२ बलमा २० रन जोड्दै ३ चौका हिर्काए । पाँचौ विकेटको लागि चितवनका रोविन शर्मा र दिपेश श्रेष्ठको जोडीले ६० रनको साझेदारी निभाउँदै इनिङलाई उकासेका थिए । रोविनले २२ बलमा २५ र  दिपेशले २६ बलमा ३२ रन हिर्काएका थिए । विन्ध्येश्वरी भाडा उद्योग म्यान अफ दि म्याच गौतम केसीले भने १३ रनमा नटआउट रहे । पोखराका लागि दिपेश खत्री, कृष्ण पौडेल, विधान श्रेष्ठ, किरण पौडेलले समान १÷१ विकेट लिएका थिए।

प्रकाशित: १९ फाल्गुन २०७७ १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App