खेल

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु भएको छ। शनिबारदेखि लमही क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेश बिजयी भएको छ। प्रदेश नम्बर २ लाई ९ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले जीत सुरुवात गरेको हो। पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ७७ रन बनाउन सक्यो।  

प्रदेश २ ले दिएको ७८ रनको लक्ष्य लुम्बिनीले १६.१ ओभरमा पुरा गरेको थियो। पुष १८ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेशसहित शसस्त्र प्रहरीको एक बिभागीय टोली गरि ८ टोली सहभागी छ्न्। शनिबारको दोस्रो खेल शसस्त्र प्रहरी र कर्णाली प्रदेश बीच प्रतिस्पर्धा हुँदै छ।

प्रकाशित: ११ पुस २०७७ ०७:२८ शनिबार

प्रधानमन्त्री कप क्रिकेट राष्ट्रिय क्रिकेट प्रतियोगिता