खेल

अन्तिम बलमा नवलपुरमाथि स्याङ्जाको रोमाञ्चक जीत

स्याङजा विरुद्ध नवलपुर व्याटिङ गर्दै । तस्बिर धन÷नागरिक

विष्णु पाण्डेले उत्कृष्ट व्याटिङ गरेपछि नवलपुरमाथि २ विकेटले पराजित गर्दै स्याङ्जाले पहिलो जीत निकाल्दै गण्डकी प्रदेश छनोट प्रतियोगिताका अन्तिम खेलमा सुख नजिता आत्मसाथ गर्दै टुंग्याएको छ ।  

तेस्रो विकेटको लागि ५९ रनको साझेदारी गरेपछि स्याङ्जाले २१४ रनको लक्ष्य ८ विकेटको क्षतिमा पुरा गरेको थियो । स्याङ्जा पहिलो खेलमा कास्की र दोस्रो खेलमा तनहुँसँग पराजित भएको थियो । गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार भएको खेलमा स्याङजाले जीतको लक्ष्यलाई अन्तिम बलमा पुरा गरेको थियो ।  

स्याङजाले पहिलो विकेट ४५ रनमा गुमायो । ईश्वर क्षत्रीलाई गुमाएको स्याङ्जाले दोस्रो विकेट पनि सस्तैमा गुमाउन पुग्यो । ८ रन जोड्ने क्रममा दोस्रो विकेट गुमाएको स्याङजाको इनिङलाई सम्हल्ने क्रममा करण पंगेनी र विष्णु पाण्डेले तेस्रो विकेटको लागि महत्वपूर्ण साझेदारी निभाए । ईश्वर ३२ बलमा २८ रनमा आउट भए । उनले ३ चौका १ छक्का हिर्काएका थिए । त्यस्तै दोस्रो विकेटको रुपमा सौजन्य रेग्मी पभेलियन फर्किएका हुन् । उनले ३१ बलमा १९ रन बनाउँदा २ चौका स्कोर कार्डमा लेखाएका थिए । 

ओनपर पंगेनी र पाण्डेले तेस्रो विकेटको लागि ५९ रनको साझेदारी गरे । पंगेनी व्यक्तिगत ४१ रनमा आउट हुदाँ स्याङजा ११२÷३ को अवस्थामा रह्यो । ८३ बल खेल्दै ५ चौकाको मद्दतमा ४१ रन बनाएका उनी आउट भएपछि विष्णु पाण्डेले स्याङ्जालाई सम्हल्ने जिम्मेवारी आफनो काँधमा लिए । ४२ बलमा ३५ रनको आवश्यकता रहेको अवस्थामा पाण्डेले अर्धशतक पुरा गर्दै बलियो आधार तयार पारिदिएका थिए । पाण्डेले १०९ बल खेल्दै ७५ रन हिर्काए । उनले प्रतियोगिताकै सर्वाधिक रन बनाउने क्रममा ८ चौका हिर्काए । अशोक श्रेष्ठले २७ रनको योगदान दिएका थिए ।  बलिङ तर्फ  विज्ञान गौतमले ९ ओभरमा एक मेडन राख्दै ४३ रन खर्चिएर २ विकेट लिए । कैलाश पंगेनीले पनि ८ ओभरमा ३३ रन खर्चिएर ३ विकेट लिएका थिए ।  

टस जितेर व्याटिङ गरेको नवलपुरले सन्देश बस्नेत र दिपक डुम्रेको अर्धशतकीय पारीमा नवलपुरले स्याङजालाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मिडल अर्डरका बन्नेत र डुम्रे तथा बटम अर्डर कमल परियार र विशाल पौडेलको महत्वपूर्ण साझेदारी देखिदाँ ४७.१ ओभर खेल्दै नवलपुरले स्याङजालाई बलियो रनको चुनौति दिएको थियो । ७ रनमा एक विकेट गुमाउन पुग्यो । दोस्रो विकेट गुमाउँदा केवल १९ रनमात्रै जोडेको थियो । तेस्रो र चौथो नम्बरमा आएका सन्देश बस्नेत र दिपक डुम्रेले तेस्रो विकेटको लागि ७९ रनको महत्वपूर्ण साझेदारी निभाए । डुम्रेलाई सुजन गौतमले ईश्वर क्षत्रीको हातबाट क्याच गराएपछि साझेदारी टुटेको थियो । दुवैले अर्धशतक पुरा गरे ।  

डुम्रेले ५२ बलमै ५२ रनको ठोस इनिङ खेल्दै ५ चौका र २ छक्का हिर्काए । बस्नेतको विकेट भने मिलन लुईटेलले लिए । बस्नेतले पनि ५० रन बनाउने क्रममा ७५ बल खेले । ४ चौका र १ छक्का स्कोरमा चढ्यो । नवलपुर १३०÷६ को स्थितिबाट अगाडि बढाउने क्रममा बटम अर्डरका कमल परियार र विशाल पौडेलको साझेदारी पनि महत्वपूर्ण रह्यो ।  

सातौं विकेटको लागि  उनीहरु दुवैले ५३ रनको साझेदारी निभाए ।  ३२ बल खेल्ने क्रममा कमल २४ रनमा आउट भए । तीन छक्का हिर्काए । ३९.५ ओभरमा विष्णु पाण्डेले परियारको विकेट लिए । लगत्तै पाण्डेले ३५.६ ओभरमै अर्को विकेट लिएपछि नवलपुर १८३÷८ को अवस्थामा थियो । विशालले ३५ बल खेल्दै २९ रन हिर्काउने क्रममा ३ चौका व्याटबाट निस्कियो । थप २६ रन जोड्ने क्रममा अन्तिम दुई विकेट गुमाउँदै नवलपुरले २१३ को योगफल तयार पार्यो । बलिङमा मिलन लुईटेलले १० ओभरमा ४३ रन खर्चिएर ५ विकेट लिए । विष्णु पाण्डेले एकै ओभरमा दुई विकेट लिदाँ अशोक श्रेष्ठको नाममा एक विकेट लेखियो । 

प्रकाशित: ६ पुस २०७७ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App