खेल

टुर डे फ्रान्स: बेर्नालद्वारा नाम फिर्ता

इनोस ग्रेनाडायर्सका राइडर इघान बेर्नालले १७ चरणअघि टुर डे फ्रान्सबाट नाम फिर्ता लिएका छन्।

२३ वर्षे कोलम्बियन बेर्नाल आइतबार ग्रान्ड कोलम्बायर क्लाइम्बमा  विजेता प्रिमोज रोघालिचभन्दा ७ मिनेट पछि परेका थिए।

मंगबारको १६आंै चरणपछि बेर्नाल १६औं स्थानमा रहेका थिए।उनी शीर्ष खेलाडीभन्दा १९ मिनेट पछि परेका थिए।

‘मैले यसरी टुर डे फ्रान्सको यो सिजन अन्त्य होला भन्ने सोचेको थिइनँ,’ उनले भने, ‘तर मेरा लागि प्रतियोगिताबाट पछि हट्ने यो नै उत्तम समय हो।’

इनोस ग्रेनाडायर्सका रिचार्ड कारापाज १४औं स्थानमा रहे जो रोघालिचभन्दा १७ मिनेट २३ सेकेन्ड पछि रहे।

टोली प्रिन्सिपल रस डेभ ब्रायल्सफोर्डले भने, ‘इघानको सहमतिमा यो निर्णय आएको हो र हामी उनको निर्णयको सम्मान गर्छोंै। इघान उत्कृष्ट खेलाडी हुन् र उनी युवा पनि छन्। त्यसैले उनी अझ धेरै टुरमा सहभागी हुनेछन् । आशा छ उनी यो विश्रामपछि छिट्टै स्वाभाविक लयमा फर्कनेछन्।’

प्रकाशित: १ आश्विन २०७७ ०२:०१ बिहीबार

टुर डे फ्रान्स