खेल

मैत्रीपूर्ण फुटबल स्थगित

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल र इङ्ल्यान्डको ‘सी’ टोलीबीच हुने मैत्रीपूर्ण खेल कोरोना भाइरसको त्रास बढेसँगै स्थगित भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार विज्ञप्ति जारी गर्दै इङ्ल्यान्डको ‘सी’ टोलीसँगको मैत्रीपूर्ण खेल तत्कालका लागि स्थगित गरिएको जनाएको हो। अर्को सूचना जारी नभएसम्म इङ्ल्यान्डको टोलीसँगको खेल स्थगित भएको एन्फाले उल्लेख गरेको छ।  एन्फाले गत जनवरीमा इङ्ल्यान्ड फुटबल संघसँग मैत्रीपूर्ण खेलका लागि सम्झौता गरेको थियो।

सम्झौताअनुरूप आगामी मे २५ मा इङ्ल्यान्डको ‘सी’ टोली र नेपाली राष्ट्रिय टोलीबीच इङ्यान्डकै एल्डरसट टाउन एफसीमा खेल तय भएको थियो। सन् २०२१ मा नेपालले इङ्ल्यान्डकै टोलीलाई आतिथ्यता गर्नेछ। 

प्रकाशित: ६ चैत्र २०७६ ०१:३७ बिहीबार

फुटबल त्रास