खेल

खप्तड गोल्डकपको तयारी पूरा

दिलबहादुर छन्त्याल/सञ्जय थापा
धनगढी - सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले शुक्रबारबाट सुरु हुने चौथो सस्करणको नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको बताएका हुन्। उद्घाटन खेलमा बागमती क्लब सिराहा र कञ्चनजंघा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा यसअघि जावलाखेल युथ क्लब  र क्यामरुनको कोबे क्लबले प्रतिस्पर्धा गर्ने बताइए पनि प्राविधिक कारणले अन्तिम समयमा भारतको एलआइइपी र मदन भण्डारी क्लबलाई सहभागी गराइएको अध्यक्ष हमालले बताए।

प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैया्ँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितालाई १ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतियोगिताको माध्यमले सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले अघिल्लो चार वर्षदेखि थालिएको प्रतियोगितालाई सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको अध्यक्षले बताए।

प्रकाशित: ९ फाल्गुन २०७६ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App