खेल

नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य

काठमाडौं - आईसीसी विश्वकप डिभिजन–२ अन्तर्गतकाे एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ। टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको हो।

नेपालकाे तर्फबाट विनोद भण्डारीले सर्वाधिक ५९ रन बनाए। उनले ७९ बल खेल्दै १ छक्का र ६ चौका प्रहार गर्दै ५९ रन बनाएर आउट भए।

सबैभन्दा कम उमेरमा अर्थशतक बनाउने रेकर्ड बनाएका कुशल मल्लले ५० रन बनाए। उनले ५१ बलको सामना गर्दै ३ छक्का र ४ चौकाको मद्दतले ५० रन जोडे। ज्ञानेन्द्र मल्लले ३९ बल खेल्दै ४ चौकाको मद्दले २१ रन बनाए भने पारस खड्काले ४६ बल खेल्दै २ चौकाको मद्दतमा १९ रन मात्रै बनाए।

सुरुआती क्रममा ब्याट्स्म्यानले खासै राम्रो स्कोर बनाउन सकेनन्। करण केसीले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुवाश खकुरेल ३, दिपेन्द्रसिंह ऐरी शुन्य र आरिफ शेख २ रन बनाएर आउट भए। शुसान भारी ९ रन बनाएर पेवेलिएन फर्किए भने अविनास बाेहरा ५ रनमा अविजित रहे।

प्रकाशित: २५ माघ २०७६ ०७:३४ शनिबार

आईसीसी_विश्वकप नेपाल_अमेरिका