खेल

जितगढी क्रिकेट क्लब जितसँगै सेमिफाइलनमा

म्यान अफ द म्याच रसिद खानलाई पुरस्कृत गर्दै बुद्ध स्पोटर्स क्लबका कोषाध्यक्ष राजेश चौधरी ।

भैरहवा- भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गतको शुक्रबार सम्पन्न गु्रप सी को खेलमा जितगढी क्रिकेट क्लब विजयी भएको छ। शमइ ग्लोबल क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै जितगढी क्रिकेट क्लबले समूह विजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

टस जितेर व्याटिङ रोजेको साइ ग्लोबल क्रिकेट क्लबले २९ ओभरमा अलआट हुँदै ९१ रन बनाएको थियो। ९२ रनको लक्ष्य पाएको जितगढीले १५ दशमलव १ ओभरमा २ विकेट गुमाउदै सजिलै लक्ष्यमा पुग्यो।

जितका लागि जितगढीका देव खनालले सर्वाधिक ४४ बलमा दुई चौकाको मदतले ३२ रनको योग्दान गरे। त्यस्तै सन्दिप सुनारले २८ र सौरभ खनालले अभिजीत २५ रनको पारी खेले। बलिङ तर्फ साइ ग्लोबलका इमरान खान र अहमद हुसेनले १/१ विकेट लिए।

यसअघि टस जितेर व्याटिंग गरेका शाइग्लोबलका इमरान खानले ३५ र आसुतोष पासवानले २० रन बाहेक अरु खेलाडीले दोहोरो अंकको योगफल बनाउन सकेनन्। बलिङ तर्फ जितगढीका रसिद खानले ५, अनिल खरेलले ३ अर्जुन गिरी र विक्रम भुसालले १/१ विकेट लिए।

प्रतिकुल मौसमका कारण ४७ ओभरमा खेलाइएको शुक्रबारको खेलमा जितगढीका रसिद खान  म्यान अफ द म्याच भए। उनलार्ई बुद्ध स्पोटर्स क्लबका कोषाध्यक्ष राजेश चौधरीले नगद एक हजार रुपैयाँ र सिल्डसहित पुरस्कृत गरे।
शनिबारको खेल शंकरनगर क्रिकेट क्लब र बुद्ध स्पोटर्स क्रिकेट क्लब भैरहवाबीच बिहान ८ बजेर ३० मिनेट सिद्धार्थ रंगशालामा सुरु हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए।

२०५४ सालदेखि निरन्तर भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजना हुँदै आएको रुपन्देही प्रिमियर लिगमा २० क्लब प्रतिस्पर्धी रहेका छन्। १२ क्लबबीच लिग चरणको खेल भइरहेको रुपन्देही क्रिकेट संघले जनाएको छ।

विके ज्वेलर्स भैरहवाको सह प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगिताको विजेताले ८० हजार नगद, उपविजेताले ४० हजार नगदसहित र ट्रफी प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई १५ हजार, बेष्ट व्याट्स म्यान, बेष्ट वलर र उदयमान खेलाडीलाई जनही ५ हजार पुरस्कार पाउने छन् भने म्यान अफ द म्याचले १ हजार पाउने छन्।
 

प्रकाशित: १० माघ २०७६ १०:५६ शुक्रबार

रुपन्देही_सुपरलिग_क्रिकेट सेमिफाइलन