खेल

केरबर अस्ट्रेलियन ओपनबाट बाहिर

एडिलेड – वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको तयारीमा रहेकी जर्मनकी स्टार एन्जेलिक केरबर चोटका कारण बुधबार एडिलेड अन्तर्राष्ट्रिय खेलबाट बाहिरिएका छन् ।

सन् २०१६ को अस्ट्रेलियन ओपन विजेता केरबर बुधबार खेलका क्रममा ढाडमा चोट बोकेपछि बाहिरिएकी थिइन्। पूर्वविश्व नम्बर एक खेलाडी केरबर युक्रेनकी डायना यस्ट्रिमस्कासँग ६–३ र २–० ले पछि परेको स्थितिमा चोट बोकेपछि खेल परित्याग गर्न पुगिन्। हाल विश्वको नवौं वरीयतामा रहेकी केरबर दोस्रो सेटको सुरुआतमै सर्भिस गर्ने क्रममा ढाडमा समस्या देखिएको थियो।

तर, मेडिकल ट्रिटमेन्ट पछि उनले पुनः खेल सुचारु गरे पनि लामो समय निरन्तरता दिन सकिनन्। दोस्रो पटक चिकित्सकले नखेल्न सुझाव दिएपछि उनले खेल परित्याग गरिन्। त्यससँगै केरबरले युवा स्टार डायनासँगको खेल बीचमै छाडिन्। खेलपछि डायनाले हरेक समय आफूले खेलमा ध्यान केन्द्रित गरेको बताइन्। ‘म खेलबाट ध्यान बाहिर लान चाहन्थिन्। सुरुआतदेखखि नै राम्रो प्रदर्शन गर्ने लक्ष्य राख्दा अग्रता सम्भव भयो,’ विश्व वरीयतामा २४औं स्थानमा रहेकी डायनाले भनिन् ।

प्रकाशित: २ माघ २०७६ ०१:३८ बिहीबार

एन्जेलिक_केरबर अन्तर्राष्ट्रिय