खेल

रसुवामा पहिलो पटक फुटसल

रसुवा – रसुवामा पहिलो पटक फुटसल प्रतियोगिता सञ्चालन गरिएको छ। सोमबारबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन ८ खेल भए।

धुन्चेस्थित बालमन्दिरमा सञ्चालन गरिएको प्रतियोगितामा हस्पिटलले सानो भार्खुलाई ३–१ ले, ग्याङ्देले भार्खुलाई ६–० ले, युनिक भार्खुले हिमालनलाई १–० ले, युनिक भार्खुले हिमालयनलाई २–० ले, युनाइटेड सेभेनले टिमुरेलाई ४–० अन्तरले पराजित गरे।

 सेवारो र फिकुरेबीचको खेल ०–० टुंगिँदा परिकल्पना र गोल्जुङबीच २–२ को बराबरी भएको छ। शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकिआस) ले आयोजना गरेको प्रथम अकिआस फुटसल तथा एकल नृत्य प्रतियोगितामा १७ टोली सहभागी छन्। खेल लिग चरणको आधारमा खेलाइएको छ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा माघ २ गते सकिनेछ। खेलको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको अकिआसका संयोजक निवेश श्रेष्ठले बताए।

प्रकाशित: २९ पुस २०७६ ०२:५९ मंगलबार

रसुवा फुटसल