खेल

महिला क्रिकेटमा नेपालको कमजोर ब्याटिङ, बंगलादेशलाई ५१ रनको लक्ष्य

पोखरा– १३ औं दक्षिण एसियाली खेलकूद (साग)को महिला टी २० क्रिकेटमा नेपालले कमजोर प्रदर्शन गरेको छ।

नेपालले बंगलादेशविरुद्ध ५० रनमै समेटिएको हो। १९.२ ओभरमा नेपालले १० विकेट गुमाएको हो। बंगलादेशको बलियो बलिङ र चुस्त फिल्डिङ सामु नेपाली महिला निरीह देखिए।

५१ रनको लक्ष्य सहित बंगलादेशले अहिले ब्याटिङ गरिरहेको छ। लिग राउण्ड रोविनका आधार हुने खेलको पहिलो खेलमा नेपाल माल्दिभ्ससंग सोमबार १० विकेटले विजयी भएको थियो। 

प्रकाशित: १८ मंसिर २०७६ ०५:०३ बुधबार

साग नेपाल बंगलादेश