खेल

पुरुष भलिबलः बंगलादेशसँग नेपाल पराजित

काठमाडौं- १३ औं साउथ एसियन गेम्स (साग) पुरुष भलिबलमा नेपाल पराजित भएको छ। बुधबार भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले नेपाललाइ पराजित गरेको हो।

राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलमा भएको खेलको अन्तिम नजिता पाँचौ सेटसम्म टुङो लागेको थियो। नेपालले पहिलो सेट २५-२१ ले जित आफ्नो पोल्टामा परेको थियो। दोस्रो सेट २३-२५ ले खेल गुमाएकाे थियाे। तेस्रो सेट भने फेरि नेपालकै पक्षमा आको थियो। उक्त सेट नेपाल २५-१९ ले जित निकाल्न सफल भएकाे थियाे।

चौथो सेटमा भने नेपाल फेरि गुमायो। प्रतिस्पर्धात्मक खेलमा नेपाल २४-२६ पोइन्टले पराजित भयो। त्यस्तै अन्तिम सेट पनि नेपालले गुमायो। बेस्ट अफ १५ मा भएको उक्त खेल १२-१५ नेपालले गुमाएको थियो। अन्तिम सेटको सुरुवातमै अंक जोड्न नसक्दा नेपाल पराजयको सिकार बन्याे। अर्को खेल नेपालले शुक्रबार भारतसँग खेल्दैछ। बुधबारकाे खेलमा नेपाल बल रिसिभिङमा कमजोर देखिएको थियो।

प्रकाशित: ११ मंसिर २०७६ १५:५१ बुधबार

१३_औ_साउथ_एसियन_गेम्स_(साग) नेपाल बंगलादेश भलिवल