खेल

ईङ्ल्याण्ड छनोट, फ्रान्स र पोर्चुगल विजयी

काठमाडौं– २०२० को युरोकपमा ईङ्ल्याण्ड छनोटमा भएको छ। गए राती भएको खेलमा मोन्टेङ्ग्रोलाई ७–० गोल अन्तरले पराजित गरेपपछि  ईङ्ल्याण्ड छनोट भएको हो। 

समूह ‘ए’ मा रहेको ईङ्ल्याण्डको जीतमा हेरी केनले ह्याट्रिक गरेका थिए। घरेलु मैदान बेम्लीमा भएको खेलमा थप गोल भने ओक्सलेड चाम्बरलिन, मार्कुस रासफोर्ड र अब्राहमले गरेका थिए।

अर्को एक गोल भने आत्मघाती उपहार पाएको थियो। केनले १८ औं, २४ औं र ३७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। ईङ्ल्याण्डले ७ खेलबाट १८ अंक रहेको छ भने मोन्टेङ्ग्रोको ३ अंक रहेको छ।

यता विश्वकप विजेता फ्रान्स र युरोकप च्याम्पियन पोर्चुगलले पनि आ–आफ्ना खेलमा जीत दर्ता गराएका छन्। समूह एचको खेलमा फ्रान्सले माल्डोभालाई २–१ गोल  पराजित गरेको होे। १

गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फ्रान्सले जीत दर्ता गराएको हो। घरेलु मैदानमा फ्रान्सले नवौ मिनेटमा पछि परेको थियो। तर राफेल भारान र ओलिभर जिराउडले गोल गरेपछि फ्रान्स समुह ‘एच’को शीर्ष स्थानमा रहने सभावन बलियो बन्दै गएको छ।

भारानले ३५ औ मिनटमा र जिराउडले  ७८ औ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन्। फ्रान्स युरोकपमा भने यस अघि नै छनोट भै सकेको छ। 

यता क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले लिथुनियालाई ६–० ले हराएको छ। जीत संगै पोर्चुगल युरोछनोटको नजिक पुगेको छ। रोनाल्डोको गोल संख्या ९८ पुगेको छ।

आगामी आईतबार लक्जमवर्गविरुद्व रोनाल्डोको ध्यान १०० औं गोलको कोशेढुंगा पुरा गर्ने तर्फ केन्द्रीत हुनेछ। पोर्चुगल ७ खेलबाट १४ अंक सहित समूह ‘बीको दोस्रो स्थानमा छ। लिथुनिया ४ अंक सहित चौथो स्थानमा छ।

प्रकाशित: २९ कार्तिक २०७६ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App