खेल

नेपालद्वारा एमसीसी ५ विकेटले पराजित

काठमाडौँ — नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई पाँच विकेटले पराजित गरेको छ।

एमसीसी दिएको २०२ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर पुरा गरेको थियो। सोमबार त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा भएको खेलमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको थियो।

नेपालले कसिलो बलिङ गरेपछि एमसीसीले ३९.२ ओभरमै अल आउट हुन पुगेको थियो। अल आउट हुनुपूर्व एमसीसीले २०१ रन बनायो। नेपालले उक्त लक्ष्य ३७.३ ओभरमै पुरा गर्यो। 

खराब सुरुवात गरेको नेपालले १८ रन जोड्दा २ विकेट गुमाइसकेको थियो। तर, तेस्रो विकेटका लागि शरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीले ६७ रनको साझेदारी गरेपछि नेपालले रनरेटमा सुधार गरेको थियो।

खेलमा नेपालको तर्फबाट विनोद भण्डारीले अविजित ५२ रन बनाए भने पवन सर्राफले पनि अविजित ३८ रन बनाए।  डेव्यु कप्तान ज्ञानेन्द्र मल्ल भने १० रनमै आउट भएका थिए।

यता पहिले ब्याटिङ गरेको एमसीसीका दुई खेलाडीले अर्धशतक बनाएपनि जित भने दिलाउन सकेनन्। एमसीसीका लागि विल रोडसले सर्वाधिक ५४ रन र ओपनर विल्ली गोड्लेम्यानले ५२ रन बनाएका थिए।

यता बलिङतर्फ  ललितनारायण राजवंशी र पवन सर्राफले समान ४/४ विकेट लिए। त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १/१ विकेट लिएका थिए।

नेपाल भ्रमणमा रहेको  क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब हो। 

प्रकाशित: १८ कार्तिक २०७६ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App