खेल

हाप्किडो प्रतियोगिता सुरु

काठमाडाैँ  – सहिद स्मृति मार्सल आर्ट्स हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता शुक्रबार सुरु भयो। प्रतियोगिताको प्रमुख अतिथि पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे।

सो अवसरमा मन्त्री बरालले खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। सोही कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य दीपेन्द्र पुन सिजलले यस प्रतियोगिताले परिवर्तन गाउँपालिकाको महत्वलाई बढाएको बताए।

परिवर्तन गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले रोल्पाको सांस्कृतिक विशेषतालाई प्रचारप्रसार गर्न र यसको बारेमा जानकारी गराउन  प्रतियोगिताका आयोजना गरेको बताए। कार्यक्रममा हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले ‘गाउँगाउँमा खेल, एकता र मेल’ को नारालाई सार्थक तुल्याउन प्रत्येक गाउँमा खेलकुदको वातावरण तयार हुन आवश्यक रहेको उल्लेख गरे।  

रोल्पा जिल्ला मार्सल आर्ट्स हाप्किडो संघको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्किडो संघको सहयोगमा सञ्चालित प्रतियोगिताको मुख्य प्रायोजक परिवर्तन गाउँपालिका रहेको छ। सात प्रदेश र आयोजक गरी आठ टोलीका २ सय हाराहारीको खेलाडीको प्रतियोगितामा सहभागिता रहेको छ।

 

प्रकाशित: ३ कार्तिक २०७६ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App