काठमाडौं- एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् महासंघको उपाध्यक्षमा राजेश बाबु श्रेष्ठ मनोनित भएका छन्। नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष समेत रहेका श्रेष्ठलाई महासंघको इलेक्टोरल कंग्रेसको मिटिङले दोस्रो कार्यकालको लागि उपाध्यक्षका लागि मनोनित गरेको हो।
साथै संघले कंग्रेसमा भिजिट नेपाल २०२० को प्रवर्द्धको लागि आगामी एसियन शारिरिक सुगठन प्रतियोगिता नेपालमा आयोजना गर्न प्रस्ताव गरेको थियो। तर यस अघिनै माल्दिभ्सले प्रतियोगिता आयोजना गर्न पत्राचार गरेकोले ५५ औं प्रतियोगिता नेपालमा गर्नेगरी बैठकले अनुमोदन गरेको संघले जनाएको छ।
प्रकाशित: १२ आश्विन २०७६ ०६:४८ आइतबार