खेल

नेपाल पाँच स्थान माथि

काठमाडौं– नेपालले फिफा विश्व वरीयतामा ५ स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६६औं स्थानबाट १ सय ६१ औं स्थानमा उक्लिएको हो। 

नेपालले कतार विश्वकप २०२२ को एसियाली छनोटमा कुवेतसँग ७–० ले पराजित भए पनि चाइनिज ताइपेईलाई २–० ले हराएको थियो , दक्षिण एसियाली राष्ट्रमध्ये नेपाल तेस्रो स्थानमा छ। दक्षिण एसियाली राष्ट्रमध्येको शीर्ष टोली भारत १ सय चार स्थानमा छ भने माल्दिभ्स १ सय ५३औं स्थानमा छ।

चौथो स्थानको भुटान १ सय ८५, पाँच स्थानको बंगलादेश १ सय ८७, छ स्थानको श्रीलंका २ सय २ र सात स्थानको पाकिस्तान २ सय तीन स्थानमा छन्। एसियाली राष्ट्रमध्ये इरान शीर्ष स्थानमा छ भने जापान र दक्षिण कोरिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । इरान २३औं, जापान ३१ र दक्षिण कोरिया ३७औं स्थानमा छन्।

विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् छ। एक स्थान सुधार गरेको विश्वविजेता फ्रान्स दोस्रो स्थानमा उक्लिएको छ। ब्राजिल तेस्रो स्थानमा झर्दा इङ्ल्याल्यान्ड चौथो, पोर्चुगल पाँचौं, उरुग्वे छैटांै, स्पेन सातौं, क्रोएसिया आठौं, कोलम्बिया नवौं र अर्जेन्टिना १०औं स्थानमा छन्।

 

प्रकाशित: ३ आश्विन २०७६ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App