खेल

योगिनी कपलाई नेपाल आइसको साथ

बाँके – सिजी ब्रुअरी (नेपाल) प्रालिको नेपाल आइस बियरले योगिनी कप फुटबल प्रतियोगितालाई मुख्य प्रायोजन गरेको छ। बिहीबार आयोजक र सिजी बु्रअरी(नेपाल) प्रालिका म्यानेजर उमेश निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे। योगिनी कप फुटबल बाँकेको पश्चिम क्षेत्रमा हुन लागेको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो।

प्रतियोगिता संयोजक तरिन्द्रबहादुर थापा र सिजी ब्रुअरी (नेपाल) प्रालिका म्यानेजर उमेश निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सिजी ब्रुअरी (नेपाल) प्रालिका म्यानेजर निरौलाले सिजी ब्रुअरी खेलकुदको विकासका लागि सधैं अग्रसर भएर लागेको बताए। उनले भने, ‘सिजी फुटबलको विकासमा सधैं सहयोग गर्न तयार छ। बाँकेको खेलकुदमा उर्वर मानिएको क्षेत्रमा हुन लागेको प्रतियोगिता प्रायोजन गर्न पाउँदा खुसी छौं।’

प्रतियोगितालाई बाँकेबासी र विदेशमा रहेका युवाहरूले सहयोग गरिरहेको प्रतियोगिता संयोजक थापाले बताए। उनले भने, ‘नेपाल आइससँग प्रतियोगिताको मुख्य प्रायोजनबारे सार्वजनिक गर्न पाउँदा हामी खुसी छांै। यो सम्झौताले प्रतियोगिता थप उचाइमा पुगेको छ।’

प्रतियोगितामा गरिएको सम्झौता रकम भने आपसी सहमतीमा गोप्य राख्ने निर्णय गरेको थापाले बताए। यसै गरी प्रतियोगितामा सहभागी हुने योगिनी माविको ‘ए’ टिमलाई म्यानेजर उमेश निरौलाले जर्सी प्रायोजन गरेका छन्। योगिनीको ‘बी’ टिमलाई निर्देशक, समाजसेवी, कलाकार खजुरा गाउँपालिका निवासी शेखर खनालले जर्सी र खेलकुद सामग्री प्रायोजन गरेका छन्। बाँके जिल्ला फुटबल संघका सदस्य एवम प्रशिक्षक सानु तामाङले योगिनी कप फुटबलले करियर बनाउन चाहने युवाहरूका लागि थप हौसला प्रदान गरेको बताए।

बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा गर्न लागिएको यस प्रतियोगितामा बाँके र बर्दियाका गरी ८ वटा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता सविधान दिवसको अवसर पारेर असोज ३ देखि ७ गते सम्म चल्नेछ। अनुमानित ३ लाख ५० हजार बजेट रहेको प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत रूपमा उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्डर, डिफेन्स र प्रशिक्षक जनही ५ हजार प्रदान गर्ने प्रतियोगिता संयोजक थापाले बताए।

 

प्रकाशित: २७ भाद्र २०७६ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App