खेल

जित्नैपर्ने दबावका साथ नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं - श्रीलंकामा जारी यू१९ एसिया कप क्रिकेटमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान सवा १० बजेदेखि सुरु हुनेछ।

पहिलो खेलमा आयोजक श्रीलंकासँग पाँच विकेटको पराजित नेपाललाई आजको खेल जित्नैपर्ने दबाव छ। आजको खेलमा पारजित भएमा नेपाल एक खेल अघि नै यू१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिने छ।

सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राख्नका लागि पनि आजको खेल जित्नै दबाव छ। नेपालले आफ्नो अन्तिम खेलमा भने यूएईसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २२ भाद्र २०७६ ०१:५३ आइतबार

नेपाल बंगलादेश क्रिकेट