खेल

न्यु समिट उपाधिनजिक

काठमाडौं – आयोजक न्यु समिट र बर्नहार्ट कलेज दोस्रो टियु बिएससी सिएसआइटी अन्तरकलेज बास्केटबल प्रतियोगिताको पुरुषतर्फ उपाधिनजिक पुगेका छन्।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा टेक्सस कलेजलाई ३७–२९ को स्कोरमा हराउँदै आयोजक न्यु समिट उपाधिनजिक पुगेको हो। न्यु समिटको लागि उत्कृष्ट प्रदर्शन गरेका सुशान्त घिमिरेले सर्वाधिक २० अंक जोडे। अर्को सेमिफाइनल खेलमा बर्नहार्टले सगरमाथा कलेजलाई ४३–३४ को स्कोरले हराउँदै न्यु समिटसँगको उपाधि भिडन्त पक्का गरेको छ।

बर्नहार्ट कलेजको जितमा अभिनाश गैरेले १५ अंक जोडे। महिलातर्फ एएसएमटीले हिमालय कलेजलाई हराउँदै फाइनलमा आयोजक न्यु समिटसँग फाइनलमा भेट पक्का गरेको छ।

सेमिफाइनल खेलमा एएसएमटीले हिमालय कलेजमाथि १५–५ को स्कोरमा हराउँदा मुना तामाङले ७ स्कोर गरेकी थिइन्। फाइनल खेल शनिबार हुनेछ।

 

प्रकाशित: २१ भाद्र २०७६ ०२:१६ शनिबार

बर्नहार्ट उपाधि न्यु_समिट