खेल

युलेन्स, एन्जल्स हर्ट र निम्सलाई उपाधि

काठमाडौं –  युलेन्स, एन्जल्स हर्ट र निम्सले बुधबार पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। युलेन्स सिनियर ब्वाइज, एन्जल्स हर्ट जुनियर ब्वाइज र निम्स सिनियर गल्र्समा च्याम्पियन बने।

वसुन्धरास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा युलेन्सले बिएनएलाई १८–१३ ले पराजित ग¥यो। युलेन्सका स्पन्दन प्रधानाङ्गले १० अंक जोडे।

जुनियर ब्वाइज फाइनलमा एन्जल्स हर्टले बिएनएलाई १३–१० ले हरायो। एन्जल्स हर्टका सुलभ मल्लले ७ स्कोर गरे। सिनियर गल्र्सको उपाधि भिडन्तमा निम्सले एचएचसिएलाई १०–७ ले पाखा लगाउँदै उपाधि रक्षा ग¥यो। निम्सकी संगीता बुढाथोकीले ५ अंक जोडिन्।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय स्पन्दन, सुलभ र संगीता आआफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, स्किब्सका प्रिन्सिपल अरुण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। साउन ३२ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा ३९, जुनियर ब्वाइजमा १६ र सिनियर गल्र्समा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।
 
    

प्रकाशित: ५ भाद्र २०७६ ०३:५७ बिहीबार

उपाधि बास्केटबल प्रतियोगिता