खेल

सिसिआरसी र साइपाललाई उपाधि

मोर्गन कप अन्तरकलेज बास्केटबल प्रतियोगिताका उपाधि विजेता सिसिआरसी र साइपाल टोली।

काठमाडौं – सिसिआरसी र साइपाल एकेडेमीले सोमबार मोर्गन कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। सिसिआरसी ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने। ब्वाइज फाइनलमा सिसिआरसीले टाइम्सलाई ६६–६२ ले पराजित ग¥यो। निर्धारित समयको खेल ५४–५४ को बराबरीमा सकिएको थियो।

थप गरिएको ४ मिनेटमा सिसिआरसीले अग्रता लिँदै उपाधि सुनिश्चित गरेको हो। सिसिआरसीका पवन खत्रीले ३२ अंक योगदान गरे। गल्र्सको उपाधि भिडन्तमा दृष्टि श्रेष्ठको १७ अंक सहयोगमा साइपालले आयोजक मोर्गन इन्टरनेसनल कलेजलाई ५२–३५ ले हरायो। ब्वाइज र गल्र्स दुवैतर्फ फाइनलका सर्वाधिक स्कोरकर्ता पवन र दृष्टि ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

विजेतालाई काठमाडौं महानगरपालिका–३ का अध्यक्ष दीपक केसी, मोर्गनका अध्यक्ष कुलप्रसाद चापागाईं र मोर्गनका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारीले एक कार्यक्रमबीच पुरस्कृत गरे। प्रतियोगिताको ब्वाइजमा १९ तथा गल्र्समा ६ टिम सहभागी थिए।

 

 

 

प्रकाशित: ३ भाद्र २०७६ ०२:२९ मंगलबार

सिसिआरसी साइपाल_एकेडेमी उपाधि बास्केटबल_प्रतियोगिता