खेल

नेइमारको भाउ मिलेन

पेरिस – पेरिस सेन्ट जर्मन (पिएसजी) ले ब्राजिली स्ट्राइकर नेइमारका लागि उनकै पूर्वक्लब बार्सिलोना र रियाल मड्रिडले गरेको अनुबन्धन प्रस्ताव अस्वीकृत गरेको छ। नेइमारको पूर्वक्लब बार्सिलोनाले उनका लागि पिएसजीसामु १ करोड  युरोका साथै फिलिप कौटिन्होलाई पिएसजी पठाउने प्रस्ताव गरेको थियो। यता रियालले पनि नेइमारका लागि आकर्षष रकमका साथै गारेथ बेल र हामेस रोड्रिग्वेजलाई पेरिस पठाउने प्रस्ताव अघि सारेको थियो।

पिएसजीले भने रियालसँग भिनिसियोस जुनियरलाई आफ्नो क्लबमा पठाउन प्र्रस्ताव गरेको थियो। यद्यपि नेइमारको विषयमा बार्सिलोनासँग अनुबन्धन प्रक्रिया रद्द गरे पनि पिएसजीले रियालसँग उनको सरुवाका बारेमा अझै छलफल गर्न तयार रहेको जनाएको छ।

पिएसजीले शनिबार मात्र कीर्तिमानी मूल्यमा अनुबन्ध गरिएका ब्राजिलियन स्ट्राइकर नेइमारको ट्रान्सफर अगाडि बढिसकेको बताएको थियो। शनिबार भएको खेलमा पिएसजीले नेइमारबिना नै लिग वानको सुरुआत गरेको थियो। नयाँ सिजनको सुरुआत गरेको पिएसजीले निमेसलाई ३–० ले पराजित गर्दा लिगमा सुखद सुरुआत भएको छ। पिएसजीका खेलकुद निर्देशक लियोनार्दोले शनिबार नेइमारको विषय अगाडि बढिसकेको बताएका थिए। यद्यपि क्लब अनुमति दिन भने तयार नरहेको खेलकुद निर्देशकले बताएका थिए।

दुई वर्षअगाडि कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका नेइमारले चार वर्षे बार्सिलोना बसाइमा दुई ला लिगाको उपाधि दिलाउँदा एक कोपा डेल रे र एक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए।

 

प्रकाशित: ३१ श्रावण २०७६ ०२:४० शुक्रबार

पेरिस_सेन्ट_जर्मन नेइमार स्ट्राइकर