खेल

चेल्सीबाट पुलिसिकको पहिलो गोल

लन्डन – क्रिस्टियन पुलिसिकले क्लबका लागि पहिलो  गोल पूरा गरेको दिन बुधबार चेल्सीले प्री सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा अस्ट्रियन टोली आरबी साल्जबर्गलाई ५–३ ले पराजित गरेको छ। खेलको २०औं मिनेटमा पुलिसिकको गोलमा लिएको चेल्सीको अग्रता त्यसको तीन मिनेटपछि नै रस बार्कलीले पेनाल्टीको सदुपयोग गर्दै दोहोरो बनाएका थिए। २८औं मिनेटमा पुलिसिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता ३–० मा पु¥याएका थिए। ५०औं मिनेटमा जेरोमी ओग्युनेले बललाई जाली चुमाउँदै साल्जबर्गलाई खेलमा फर्काउने प्रयास गरेका थिए। त्यसको ७ मिनेटपछि पेड्रोले चेल्सीको अग्रता बढाएका थिए।

८३औं मिनेटमा साल्जबर्गका ताकुमी मिनामिनोले गोल गर्दैै अन्तर कम गर्ने प्रयास गरेका थिए। मिचे बात्सुयीको गोलमा चेल्सीले खेल सकिन २ मिनेट बाँकी हुँदा अग्रता थप बढाएको थियो। इन्जुरी समयको दोस्रो मिनेटमा मिनामिनोले गोल गरे पनि त्यो साल्जबर्गलाई खेलमा फर्कन पर्याप्त भएन।

प्रशिक्षक फ्र्रांक लाम्पार्डको आगमनपछि चेल्सीले पछिल्ला तीनवटै मैत्रीपूर्ण खेल जितेको छ। चेल्सीले यसअघि बार्सिलोना र रिडिङलाई पनि हराएको थियो। चेल्सीले प्री सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा शनिबार जर्मन टोली बोरुसिया मोन्चेनग्लाडबाचको सामना गर्नेछ। चेल्सीले अगस्ट ११ मा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलसँगै इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुआत गर्नेछ।

यता बुधबारै भएको अर्को खेलमा लिभरपुलले प्री सिजनमा पहिलो जित हात पार्ने क्रममा लियोनलाई ३–१ ले हरायो। लिभरपुलको जितमा रोबर्टो फिर्मिन्हो र ह्यारी विल्सनले समान एक गोल गरेका थिए भने लियोनका जोचिम एन्डरसनले एक आत्मघाती गोल गरेका थिए।  लियोनका मेम्पिस डेपेले १ गोल फर्काए पनि टोलीको हार भने टार्न सकेनन्।  प्रशिक्षक फ्र्रांक लाम्पार्डको आगमनपछि चेल्सीले पछिल्ला तीनवटै मैत्रीपूर्ण खेल जितेको छ। चेल्सीले यसअघि बार्सिलोना र रिडिङलाई पनि हराएको थियो।

प्रकाशित: १७ श्रावण २०७६ ०२:०६ शुक्रबार

क्रिस्टियन_पुलिसिक क्लब चेल्सी गोल