खेल

ख्वाजा र स्टोनिस बाहिर

म्यानचेस्टर – उस्मान ख्वाजा र मार्कस स्टोनिस चोटका कारण बाहिरिँदा अस्ट्रेलियाले जारी विश्वकप क्रिकेटका लागि म्याथ्यु वेड र मिचेल मार्सलाई टोलीमा बोलाएको छ।

ओल्ड ट्राफोर्डमा शनिबार अस्ट्रेलियाले दक्षिण अफ्रिकासँग १० रनको हार बेहोर्दा शीर्ष क्रमका ब्याट्सम्यान ख्वाजा दायाँ खुट्टामा ह्यामस्ट्रिङ इन्जुरीका कारण जारी विश्वकपबाट बाहिरिए। अलराउन्डर स्टोनिस ढाडको समस्याका कारण बाहिरिएका छन्। चोटका कारण स्टोनिसले यसअघि पनि दुई खेलमा खेलेका थिएनन्। उपाधि जोगाउने लक्ष्यका साथ अस्ट्रेलिया बिहीबार एडगाबास्टनमा हुने सेमिफाइनलमा घरेलु टोली इङ्ल्यान्डविरुद्ध खेल्दै छ। सोही खेलमा म्याथ्यु र मार्सले खेल्न सक्नेछन्। मार्सले लिगमा केही खेल पनि खेलिसकेका छन्। पाकिस्तान र श्रीलंकाविरुद्धको खेलमा मार्सले खेलेका थिए। तर, बंगलादेशसँगको खेलबाट स्टोनिस खेलमा फर्किए पनि चोट दोहोरिएपछि स्टोनिस बाहिरिन बाध्य भए।

अस्ट्रेलियाका कप्तान एरोन फिन्चले पनि दक्षिण अफ्रिकासँगको खेलमा हार सामना गरेपछि नै ख्वाजा फिट हुन समय लाग्ने बताएका थिए। क्रिकेट अस्ट्रेलियाले पनि विज्ञप्ति जारी गर्दै विकेटकिपर ब्याट्सम्यान म्याथ्यु र मार्स आइतबार नै इङ्ल्यान्डतर्पm प्रस्थान गरेको जनाएको थियो। चोटका बावजुद लयमा रहेका ख्वाजा र स्टोनिसले गत दक्षिण अफ्रिकाविरुद्धको खेल पनि खेलेका थिए।

तर, ख्वाजा १८ रनमा बोल्ड हुँदा र स्टोनिस २२ रनमा रनआउट भएका थिए। जसको कारण पनि अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई नतिजा सुम्पिँदा शीर्ष स्थान पनि गुमाउनुपरेको थियो। त्यससँगै अस्ट्रेलिया क्रिकेटको छनोट समितिले म्याथ्यु र मार्सलाई जिम्मेवारी दिने निर्णय ग¥यो। खेल नखेले पनि ख्वाजा र स्टोनिस पनि अस्ट्रेलियाको १५ सदस्यीय टोलीका रूपमा रहनेछन्।
 
 

प्रकाशित: २३ असार २०७६ ०१:३१ सोमबार

उस्मान_ख्वाजा मार्कस_स्टोनिस विश्वकप