खेल

रोल मोडल सन्दीप

काठमाडौं – नेपाली खेलकुदमा पछिल्लो समय लगातार एक खेलाडी सर्वाधिक चर्चामा रहे भने तिनी हुन्, युवा क्रिकेटर सन्दीप लामिछाने। उनै सन्दीप नेपाली खेलकुदका लागि ‘रोल मोडल’ पनि हुन्। त्यसैले उनी धेरैका लागि आदर्श पनि हुन्। नेपाली खेलकुदमा रहेर केही गर्न सकिन्न भन्नेका लागि एउटा जबरदस्त उत्तर हो, सन्दीप।

केही समय अगाडिसम्म सन्दीपले जे गरे, त्यसो गर्नेछन् भनेर कसैले दाबी गर्दा, त्यो कोरा कल्पना मात्र हुन्थ्यो। तर, सत्य के हो भने सन्दीपले त्यहीं काम सा“च्चै गरेर देखाए। जसले नेपाली खेलकुद धेरै अर्थमा आशावादी बनाएको छ। उनको सबैभन्दा राम्रो पक्ष हो, महत्वाकांक्षा र त्यसलाई सुहाउ“दा आत्मविश्वास पनि।

जति बेला सन्दीपलाई कसैले चिन्दैन थियो, जति बेला उनी पूर्णतः गुमनाम थिए। त्यही बेला उनको मनमा एउटा प्रश्न थियो, नेपालको राष्ट्रिय टोलीमा प्रवेश पाउन के गर्नुपर्छ ? यही एउटा प्रश्न उनी कस्ता थिए भनेर प्रस्ट पार्छ। त्यही प्रश्नले उनलाई चितवनको टे«निङ सेन्टरमा पु-यायो। त्यसपछि के भयो, त्यो त अब इतिहास हो।

चितवनको क्याम्पाचौरबाट भरेको उनको उडान विश्व क्रिकेटका सबै  फ्रान्चाइज क्रिकेटका लिगसम्म पुगेको छ। उनी यस्ता खेलाडी हुन्, जसको चर्चा नेपालमै मात्र सीमित छैन। बरु चर्चा छ त, पूरै विश्व क्रिकेटमा। वर्ष २०७५ मा उनको प्रदर्शनले उनलाई विश्व क्रिकेटकै एक उदयमान स्टार बनाएको छ। विश्व क्रिकेटमा उनको नाम सुनेपछि केही न केही प्रतिक्रिया दिन खोज्ने पनि उत्तिकै होला।

उनलाई नेपाली मिडियाले मात्र पछ्याइरहेको छैन। क्रिकेटमा रूचि राख्न सबै देशका मिडियाका लागि उनी प्रिय र चर्चा गर्न योग्य पात्र हुन्। अचेल को कति चर्चित छ ? भनेर नाप्न सामाजिक सञ्जालको मद्दत लिइन्छ। सन्दीप मैदानमा जति सफल छन्। त्यत्तिकै मैदानबाहिर पनि धेरैका प्रिय छन्। त्यसैले त सन्दीप ‘एनएसजेएफ इन एसोसियसन विथ एक्सन स्पोर्ट्स एजडी प्रिजेन्स बजाब पल्सर स्पोटर््स अवार्ड पावर्ड बाइ गोल्ड स्टार’ को पिपुल्स च्वाइस अवार्डको मनोनयमा पर्न सफल भए। स्पोर्ट्स अवार्डको यो विधामा पा“च प्रत्यासी छन् र त्यसको निर्णय हुनेछ, मतका आधारमा।

सामाजिक सञ्जाल फेसबुक र एसएमएसमार्फत आएको मत यसको निर्णायक पक्ष हो। सँगै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले विजेताको निर्णय हुनेछ। आपूm यो अवार्डको मनोनयनमा परेपछि उनले भनेका छन्, ‘म तेस्रो पल्ट यो स्पोर्टस अवार्डको मनोनयमा परेको छु। मलाई यहा“सम्म पुग्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’

वर्ष २०७५ मा उनको सबैभन्दा उल्लेखनीय पक्ष लगातार दोस्रो वर्ष इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्नु हो। दिल्ली क्यापिटल्सबाट आइपिएल खेलेका उनले अस्टे«लियाको बिग बास र वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिगमा पनि आफ्नो उपस्थितिलाई साबित गर्ने प्रयास गरे।

साथै उनले पाकिस्तानको सुपर लिग र बंगलादेशको प्रिमियर लिग पनि खेले। नेपालले ऐतिहासिक रूपमा एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दा पनि उनी टोलीका प्रमुख सदस्य थिए। आइसिसी विश्व ट्वान्टी–२० एसिया रिजन क्वालिफायरमा उनले २४ विकेट लिएका थिए। अझ उनी एकै वर्ष ट्वान्टी–२० क्रिकेटको एकै सिजन ५० विकेट लिने भाग्यमानी क्रिकेटरमा पनि पर्छन्। अब उनै सन्दीपलाई अवार्ड दिलाउने जिम्मेवारी नेपाली क्रिकेटका प्रशंसकको हो।

प्रकाशित: ५ असार २०७६ ०३:१९ बिहीबार

सन्दीप_लामिछाने रोल_मोडल क्रिकेट