खेल

प्रधानमन्त्री कप क्रिकेट स्थगित

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको सहकार्यमा हुने तेस्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता स्थगित भएको छ।

जेठ १ देखि २४ गतेसम्म हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले जेठ ८ देखि २४ गतेसम्मलाई सारिएको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन्।

टियू क्रिकेट मैदानमा मात्र हुने भनिएको प्रतियोगिताका खेलहरु अब टियूसंगै मुलपानी क्रिकेट मैदानमा पनि खेलाइने प्रमुख शर्माले जानकारी दिए। 

प्रकाशित: १ जेष्ठ २०७६ १३:०६ बुधबार

क्रिकेट प्रधानमन्त्री_कप राखेप स्थगित