खेल

डोल्पा प्रिमियर लिग हुने

डोल्पा– खेलकुद गतिविधि प्राय कमै हुने हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा नयाँ वर्षको अवसरमा डोल्पा प्रिमियर लिग हुने भएको छ।

दुनैस्थित गुरुङ्ग होटल र दुनै भ्याली क्लबको संयुक्त आयोजनामा वैशाख २१ देखि २८ सम्म दुनैमा खेलहुने भएको हो। यसले प्रतिभा भएका तर अवसरको अभावमा देखाउन नसकेका स्थानीय खेलाडिहरुको क्षमता अभिबृद्दिमा सहयोग पुग्ने दुनै भ्याली क्लबका अध्यक्ष हिक्मत शाहीले बताए।

डोल्पा प्रिमियर लिग खेल प्रतियोगितामा प्रथम र द्वितिय हुनेलाई क्रमश ३५ हजार र १५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ। प्रतियोगितामा सर्वाधिक रन,विकेट र छक्का प्रहार गर्नेले समेत आर्कषक पुरस्कार प्राप्त गर्ने छन्।

प्रकाशित: १४ वैशाख २०७६ ०७:५५ शनिबार

डोल्पा_प्रिमियर_लिग खेलकुद