खेल

एएफसीको अध्यक्षमा पुनः शेख सलमान

काठमाडौं–  एसियाली फुटबल महासंघ (एएफसी)को २९औं साधरणसभाबाट बहराइनका शेख सलमान बिन इब्राहिम अल खलिफा पुनः अध्यक्षमा सर्वसमत भएका छन्।

शनिबार क्वालालम्पुरमा सम्पन्न साधारण सभाबाट शेख सलमान ४ वर्र्षे कार्यकालका लागि निर्वाचित भएका हुन्। साथै उनी विश्व फुटबल महासंघ(फिफा)को वरिष्ठ उपाध्यक्षमा पनि चयन भएका छन्। यद्यपि आमाको निधनका कारण शेख सलमान साधरणसभामा भने अनुपस्थित थिए। उनी पहिलो पटक २०१५ मा एएफसीको अध्यक्षमा निर्वाचित भए। अध्यक्षमा कतारका साउद अल मोहम्मदी र युएईका मोहम्मेद खालिफान अल रोमाइथीले पनि निर्वाचनमा भाग लिने घोषणा गरेका थिए। तर रोमाइथी र मोहम्मादीले गत साता नाम फिर्ता लिएपछि शेख सलमान निर्विरोध निर्वाचित भएका हुन्।

प्रकाशित: २४ चैत्र २०७५ ०५:३९ आइतबार

एएफसी शेख_सलमान_बिन_इब्राहिम_अल_खलिफा