खेल

अबाहानी ढाकासँग हार्‍याे मनाङ मर्स्याङ्दी

काठमाडौं - एएफसी कपअन्तर्गत समूह चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब बंगलादेशको अबाहानी ढाका लिमिटेडसँग १–० ले पराजित भएको छ।

खेलको पहिलो हाफको २६ औं मिनेटमा मनाङले गोल खाएको हो। अबाहानीका लागि डिफेन्डर मासिहले हेडमार्फत गरेको गोल नै निर्णायक बनेको थियो। 

पहिलो हाफमा मनाङले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न भने सकेन। मनाङका अन्जन विष्टको हेड बल र विशाल राईको प्रहार गोलरक्षकले बचाउनु नै उसका लागि दुर्भाग्य बन्यो। जितसँगै अबाहानीले ३ अंक जोडेको छ। 

प्रकाशित: २० चैत्र २०७५ ११:५८ बुधबार

एएफसी_कप मनाङ_मर्स्याङ्दी_क्लब अबाहानी_ढाका